आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई देश जोड्ने पुल पाँच दिन बन्द

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ४०७ पाठक संख्या

महाकाली नगरपालिका ४ खलंगा पुलघाटस्थित नेपाल भारत जोड्ने झोलुङगे पुल बिहिबारदेखी पाँच दिनका लागि बन्द गरिएको छ ।

सिमा पुलको रुपमा रहेको खलंगा झोलुङगे पुल मर्मतको काम गर्नुपर्ने भएकोले फागुन ९ गतेदेखी १३ गते दिउँसो ४ बजेसम्म पुल बन्द गरिएको भारतीय लोक निर्माण बिभाग धारचुलाका सहायक अभियान्ताले बताएका छन् ।

पुलमा कर्कट पाता बदल्नुपर्ने भएकोले नेपाल भारत आवागमन बन्द गर्नका लागि बुधबार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाइ लोक निर्माण बिभाग धारचुलाका सहायक अभियान्ताले पत्रमार्फत आग्रह गरेका छन् । पुल निर्माण कार्य शुरु भएयता दिउँसोको समयमा प्रत्येक दिन ४ घण्टा आवागमन बन्द भइरहेको छ ।

दार्चुलाबासीले भारतीय बजार धारचुलाबाट दैनिक उपभोग्य वस्तुलगायत ब्यापार र निर्माणकालागि लाखांैको सामान यहि पुल भएर ल्याउने गरेका छन् । दार्चुलाको ब्यास गाउँपालिकासम्म यातायातको सुबिधा नभएका कारण यहि पुल तरेर भारतीय बजार हँुदै तुइनको साहारामा ब्यासबासी गाउँसम्म जाने गरेका छन् । नेपालीहरु दिनभरी धारचुलामा मजदुरी गरेर बेलुका घर फर्कीने गरेका छन् । पाचँ दिनसम्म पुलमा आवागमन प्रभावित भएपछि दैनिक कामकाज गर्न समस्या भइरहेको खलंगाबासीले बताएका छन् ।

janta samachar

प्रतिक्रिया दिनुहोस