आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस पार्टी कार्यालयमा झडपः नेविसंघका नेता कुटिए

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) २७५ पाठक संख्या

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा झडप भएको छ । महाधिवेशनको माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्ता र पार्टीका नेताहरुबीच झडप भएको हो।

नेविसंघको विधानमा रहेको ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरको स्ववियू सभापति ईकाई अध्यक्ष लाई केन्द्रीय प्रतिनीधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले लछारपछार गर्न खोजेपछि हात हालाहालको स्थिती आएको हो ।

झडपमा परी धर्नामा रहेका विद्यार्थी नेता पवन थापा, जीवन सुवेदी, सुल्ताङ मियाँलाई विमलेन्द्र निधीका सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि आक्रोशित बनेका विद्यार्थीको समुहले नाराबाजी गरिरहेकै स्थानमा पुगी नेता विमलेन्द्र नीधिले हात हालेको निर्वतमान केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले बताउनुभयो । त्यस्तै सह महामन्त्री प्रकाश शरण महतले बिद्यार्थी नेता निरन्जन थापालाई बोलाएर कार्बाही गर्ने धम्की दिएको निर्वतमान केन्द्रिय सदस्य नमराज त्रिपाठीले जानकारी दिनुभयो।

janta samachar

प्रतिक्रिया दिनुहोस