आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘पाेर्न साइट’ खोल्न सरकारी इमेल

AuthorAP Khabar२०७५ फागुन १०, शुक्रबार (५ साल अघि) ४८३ पाठक संख्या

इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ अनुसार सरकारी इमेलमा निजी कारोबार गर्न नपाइने भएपनि नेपालमा त्यसको उल्टो भइरहेको छ । साइबर सुरक्षामा काम गर्ने एक कम्पनीले गरेको अध्ययन अनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ ।

वैकल्पिक उर्जा प्रर्वद्दन केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद ‘नार्क’, आन्तरिक राजस्व विभाग, शसस्त्र प्रहरी बल, र नेपाल टेलिकमका संस्थागत इमेल प्रयोग गरी एडल्ट र डेटिङ साइटमा प्रोफाइल तयार पारेको भेटिएको हो ।

सूचना प्रविधि सुरक्षामा कार्यरत कम्पनी ‘थे्रटनिक्स’ले गरेको अध्ययनबाट सरकारी इमेलहरु फिलिङ डटकम एडल्टफे्रन्डफाइडर डटकम र युर्पोनजस्ता वेबसाइटमा प्रयोग गरेको भेटिएको हो ।

janta samachar

प्रतिक्रिया दिनुहोस