आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको कार्यदल बिघटन, एकताकाे जिम्मा सचिवालयलाई

AuthorAP Khabar२०७५ फागुन १०, शुक्रबार (५ साल अघि) ४४५ पाठक संख्या

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकता कार्यदल बिघटन गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको सचिवालय बैठकले कार्यदल बिघटन गरेको हो ।

एकीकरणको टुंगो सचिवालयले नै लगाउने गरी कार्यदल बिघटन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

नेकपाले दुई पार्टीबीचको एकीकरण छिनोफानोका लागि सुझावसहितको प्रतिवेदन तयार पार्न सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा ९ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल र रघुवीर महासेठ रहनु भएको थियो ।

सचिवालय बैठकले प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनप्रति दुख्त व्यक्त गरेको छ । दाङ क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभामा निर्वाचित ओली माघ २४ काे सवारी दुर्घटनामा घाइते हुनु भएको थियो ।

नेकपाको ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ हुनुहुन्छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस