आज:  २०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

८ कक्षा पढिरहेका बालकको प्रधानमन्त्रीलाई ३ सुझाव

AuthorAP Khabar२०७५ फागुन १०, शुक्रबार (५ साल अघि) ३०६ पाठक संख्या

सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ, कुनै विषय विज्ञको भिजन पढिरहेका छौँ, आठ कक्षामा अध्ययनरत बाल मष्तिष्कमा यस्तो ज्ञान कसरी भण्डारण भयो ? हामी चकित पनि पर्नेछौँ ।

सरकार बरोजगार युवालाई रोजगारी सुनिश्चितता गर्ने र नसके निर्वाह भत्ता वितरण गर्ने निर्णय कार्यान्वयन गराउँदैछ । तामझामसहित प्रधानमन्त्री रोजगार कोष सञ्चालनमा ल्याइएको छ । बेरोजगार युवालाई भत्ता व्यवस्था गर्ने निणर्यसँगै यसका पक्ष र विपक्षमा देशव्यापीरुपमा टीकाटिप्पणी भइरहेका छन् । यही सन्दर्भमा ८ कक्षा पढिरहेका भरत श्रेष्ठको सुझाव परिपक्व, शालिन र तर्कसंगत देखिन्छ ।

उनले अंग्रेजीमा लेखेको चिठीमा भनिएको छ, ‘बेरोजगार भत्ता दिँदा खर्च हुन आउने ३ अर्ब रुपैयाँ ३ वटा क्षेत्रमा उचित उपयोग गरियोस् ।’

१. प्राविधिक र आविष्कार क्षेत्र
२. कृषि क्षेत्र
३. व्यापार व्यवसाय क्षेत्र

हामी आधुनिक सभ्यताको युगमा बाँचिरहेका छौँ । प्रविधि र विकास एउटै सिक्काका दुई पाटोजस्ता भएका छन् । प्रविधि, व्यापार–व्यवसाय र कृषि क्षेत्र हेर्ने हो भने देश छिमेकी देशभन्दा धेरै पिछडिएको छ । सरकारले बेरोजगार युवालाई भत्ता व्यवस्था गर्दैछ भन्ने समाचार पढेको थिएँ । यो आफैँमा पूर्णरुपमा गलत निर्णय त होइन । तर यो प्रणाली लागु भए अधिकांशको ध्यान जागिर खानेतर्फ विमुख हुने खतरा देखिन्छ । भत्ता पाउनेमा निस्क्रिय सोच हावी हुनेछ र उनीहरु सोच्नेछन्, ‘पैसा सरकारले दिइहाल्छ, जागिरको झन्झट किन लिनु ?’ तसर्थ, यो निर्णय बेरोजगार, घरेलु अपराधजस्ता समस्याको दीर्घकालिन समाधानमा व्यवहारिक लाग्दैन । यो निर्णयले समस्या तत्कालका लागि समाधान त गर्ला तर राज्यको अर्थतन्त्रमा कुनै टेवा पुग्ने देखिँदैन । न त अनुभूति गर्न सकिने कुनै परिवर्तन नै आउने देखिन्छ । बरु यसले हाम्रो कर र दैनिक आयमै ह्रास ल्याउने देखिन्छ ।

सरकारले खर्चका लागि प्रस्तावित गरेको ३ अर्ब रुपैयाँ माथि उल्लिखित ३ क्षेत्रमा प्राथमिकताका साथ उपयोग गर्न सक्यो भने एक वर्षभित्रै बेरोजगारी समस्या र समग्र राष्ट्रको अर्थतन्त्रमा सुधार आउनसक्छ । यदि हामीले यी ३ क्षेत्र (प्रविधि र आविष्कार, कृषि, व्यापार–व्यवसाय) विकास गर्न सक्यौँ भने छिमेकी देशसँगको निर्भरता सदाका लागि सकिनेछ । सबैले भन्ने गर्छन्, हाम्रो देश कृषिप्रधान देश हो तर बिडम्वना हामी आधारभूत खाद्यान्न पनि अन्य यदेशबाट आयात गरिरहेका छौँ । यो लाजमर्दो यथार्थबारे सबै नेपाली जानकार छौँ । हामी तुलनात्मक रुपमा प्रविधि, व्यापार र उद्योगधन्दाका हिसाबले त झन धेरै पछाडि छौँ । हामी यी तीनवटै क्षेत्रमा आत्मनिर्भर हुनेबित्तिकै अन्य देशले हाम्रो देशबारे गलत प्रचारबाजी गर्ने आँट गर्नेछैनन् । तसर्थ, सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो अनुरोध छ, यो विधि अपनाउनुहोस्, ‘समृद्ध नेपाल सुखी नेपाली’ को अवधारणाले बस्तुगत आकार पाउनेछ ।

धन्यवाद सर, जेहोस्, आज गर्वका साथ हामी नेपाली हौँ भनेर बाँच्न पाएका छौँ । तर अझै पनि हामी भारतनिर्भर छौँ । भारत र भारतीय सेनालाई कमजोर पार्न हाम्रो आउँदो पिँढीका युवालाई आवश्यक सम्पूर्ण सेवा सुविधा प्रदान गरिनुपर्छ । हाम्रा युवालाई भारतीय सेनामा भर्ति हुन बन्द गर्नुपर्छ । सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रो देशको सिमा खुला छ । हामीलाई अपठ्यारो पर्दा सुरक्षा दिने कोही हुँदैनन्, हामीले अरुलाई किन सुरक्षा दिने ? ३ वटा क्षेत्रमा लगानी गरी विकास गर्न सके आउँदा केही वर्षपछि हाम्रो देश एसियामा नयाँ विकसित राष्ट्रका रुपमा उदय हुनेछ ।

janta samachar

प्रतिक्रिया दिनुहोस