आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्वतन्त्रताको सीमा हुँदैनः मन्त्री बाँस्कोटा

AuthorAP Khabar२०७५ फागुन १०, शुक्रबार (५ साल अघि) ४९९ पाठक संख्या

प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक प्रस्तुत गर्नुभएको थियो ।

सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताउनुभयो । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गर्नुभयो । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको बताउनुभयो ।

सैद्धान्तिक छलफललका क्रममा सांसद डिला सङ्ग्रौला, महेश बस्नेत, योगेश भट्टराई, खगराज अधिकारी, विमला विक, रेणुका गुरुङ र सूर्य पाठकलगायतले बोल्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री बाँस्कोटाले विधेयकमा कही कतै साइबर संसारलाई प्रतिबन्ध गर्ने शब्द उल्लेख नभएको सदनलाई जानकारी दिनुभयो ।

‘सबैलाई थाहा छ, स्वतन्त्रताको सीमा हुँदैन, तर सबैलाई यो पनि थाहा छ, मर्यादाको सीमा हुन्छ, त्यो नाघ्न मिल्दैन,’–मन्त्री बाँस्कोटाले भन्नुभयो । त्यसैगरी आजै ‘संघीय निजामति सेवा विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । सदनमा सो विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १४ गते ११ बजे बस्नेछ ।

janta samachar

प्रतिक्रिया दिनुहोस