आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनता प्रसारण तथा प्रकाशन ‘नयाँ समाज निर्माणको महत्वपूर्ण अभियान’

AuthorAP Khabar२०७५ फागुन ११, शनिबार (५ साल अघि) ४१४ पाठक संख्या

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई संमृद्ध पार्दै समाजवादसम्म पु¥याउने कार्य चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले शनिबार जनता टेलिभिजनको स्टुडियो उदघाटन गर्दै समाज परिवर्तनमा सञ्चार माध्यमकाे प्रभावकारी भुमिका हुने बताउनुभयो ।

‘संसारमा जति पनि राजनितिक परिवर्तन भएका छन्, त्यसमा सञ्चार माध्यमको महत्पूर्ण भूमिका छ’ उहाँले भन्नुभयो हाम्रो मुलुक पनि यति खेर संविधान कार्यन्वयन चरणमा छ । मुलुक संमृद्ध पार्ने सपना बोकेर भएको राजनितिक परिवर्तनलाई सकरात्क ढंगले अगाडि बढाउनुपर्ने अवस्था छ । यसमा सञ्चार माध्यमको ठूलाे भुमिका रहन्छ ।’

अध्यक्ष दाहालले जनता प्रसारण तथा प्रकाशन लिमिटेड समाजलाई एकीकृत पार्दै उत्कृष्ट बिचारलाई जनता समक्ष पु¥याउनुपर्ने बताउनुभयो ।

‘यो कार्य त्यति सजिलो छैन, अत्यन्त चुनौतिपूर्ण छ, उहाँले भन्नुभयो यदी यसमा जनता प्रसारण तथा प्रकाशन सफल भयो भने यसले समाजमा बैकल्पीक धारको रुपमा स्थापित हुनेछ । कथमकथाचित असफल भयो भने समाज फेरिपनि लथालिंग र भताभूंग स्थितमा रहन्छ । त्यसकारण यो सफल हुनुपर्छ । यसलाई सफल पार्नुपछ ।

janta samachar

प्रतिक्रिया दिनुहोस