आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कार्यदलले प्रतिवेदन बुझाउँदै : ओलीले दिएनन् समय

AuthorAP Khabar२०७५ फागुन १२, आईतबार (५ साल अघि) ३८७ पाठक संख्या

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलका बहुमत सदस्यहरुले आइतबार समानान्तर प्रतिवेदन बुझाउँदै छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउने कार्यदल सदस्यको तयारी रहेको छ ।

हिजो नै बहुमत सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग समानान्तर प्रतिवेदन बुझाउनका लागि समय मागेका थिए । तर उहाँले कार्यव्यस्तताको कारण देखाउँदै समय नदिएपछि आज प्रतिवेदन बुझाउने तयारी भएको सदस्य बेदुराम भुसालले जानकारी दिनुभएको छ ।

रामबहादुर थापा नेतृत्वमा रहेको कार्यदलले यसअघि बुझाएको प्रतिवेदन अपुरो रहेको भन्दै विवादित विषय समावेश गरेर समानान्तर प्रतिवेदन तयार भएको छ । त्यसमा जिल्ला कमिटीको नेतृत्व बाँडफाँट मापदण्ड, विधिसहितको संगठनात्मक एकीकरणको प्रस्ताव समावेश गरिएको भुसालको भनाइ छ । ९ सदस्यीय कार्यदलमा रहेकाहरुमध्ये बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, वर्षमान पुन र लेखराज भट्टले समानान्तर प्रतिवेदन तयार पार्नुभएको हो ।

janta samachar

प्रतिक्रिया दिनुहोस