आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओलीले कामै भएन भनेपछि…

AuthorAP Khabar२०७५ फागुन १२, आईतबार (५ साल अघि) ३८३ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कामप्रति असन्तुष्टि जनाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकता अनुसार कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन पनि दुवै मन्त्रालयलाई निर्देशन दिनुभयो । आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे छलफल गर्दै उहाँले कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा आवश्यक्ता अनुसार प्रगति नभएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो । ‘केही नभएको होईन र तर हाम्रो प्रगति आवश्यकता अनुरुप हुन सकेन । कृषि उत्पादन र भूमि व्यवस्थापनको प्रगति, उन्नति र विकास तीव्र गतिका साथ अघि बढाउनु पर्दछ ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । उहाँले आधुनिक प्रविधि भित्र्याएर कृषि उत्पादन वृद्धि गर्न सहकारीसँग सहकार्य गरेर अघि बढन पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सचेत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले मुलुकका खाद्य अभाव नरहेको दावी समेत गर्नु भयो । मुलुकमा खेर फाल्ने चलन भएकाले मात्रै खाद्य अभाव देखिएको प्रधानमन्त्री ओलीको बुझाई छ । प्रधानमन्त्री ओलीले खाद्य बस्तुलाई खेर जान नदिने गरी समुचित व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले आ–आफ्ना मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गर्नु भएको थियो ।

janta samachar

प्रतिक्रिया दिनुहोस