आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेरी घट्यो सुन चाँदीको मूल्य

AuthorAP Khabar२०७५ फागुन २३, बिहिबार (५ साल अघि) ६७२ पाठक संख्या

आज साताको पाँचौ दिन बिहिबार सुन र चाँदीको  मूल्य घटेको छ । बुधवारको तुलनामा सुन प्रति तोला ५ सय रुपैयाँले घटेको छ ,भने चाँदीमा ५ रुपैयाँ घटेको छ ।

छापावाला सुन प्रति तोला ६० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार ६ सय १० रुपैयाँ, तेजावी सुन ५१ ह्जार ३ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय ३० रुपैयाँ मूल्य कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस