आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विप्लवले भन्यो- सांसद देवकीलाई अपहरण गरेका होइनौं, समाचार झुटो हो (विज्ञप्तिसहित)

AuthorAP Khabar२०७५ फागुन २५, शनिबार (५ साल अघि) ३४३ पाठक संख्या

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांसद देवकी मल्लको अहपरणमा आफ्नो संलग्नता नरहेको बताएको छ । शुक्रबार साँझ एक प्रेस विज्ञप्ति निकाल्दै सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेको छ ।

नेकपाका सेती ब्युरो इन्चार्ज सिकन्दरद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यममा आएको समाचार भ्रामक र तथ्यहीन भएको जनाएको छ ।

जारी विज्ञाप्तीमा भनिएको छ, ‘बझाङ जिल्लाबाट कथित निर्वाचित प्रदेश सभा सांसद देवकी मल्लबारे हाम्राे पर्टीलाइ जाेडेर विभिन्न मिडियामा आएका समाचारहरूप्रति नेपाल कम्युनिष्ट पार्टी सेती ब्यूराेकाे गम्भिर ध्यानाकर्षण भएकाे छ । नेकपाद्वारा अपहरण गरिएकाे भनिएकाे उक्त घटनामा हाम्राे पार्टीकाे कुने पनि संलगनता नरहेकाे स्पष्ट पार्न चाहन्छु ।’

शुक्रबार दिउँसाे प्रदेश सांसद् देवकीलाई विप्लव समूहले अपहरण गर्याे भनेर विभिन्न सञ्चारमाध्यममा समाचार आएकाे थियाे । विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट अपहरण गर्याे भनेर शुक्रबार दिउँसो समाचार आएकाे थियाे ।

उनी बझाङस्थित बुगल नगरपालिकामा महिला भलिबल खेलकुद प्रतियोगिता उद्घाटनका लागि जाँदै थिइन् । त्यही क्रममा उनी सम्पर्कविहीन बनेकी थिइन् । मल्ल शुक्रबार साँझ प्रहरीको सम्पर्कमा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस