आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा शाखाद्धारा सानाकिसान कृषि सहकारी संस्था सिमरा छुट्टै खोल्नै तयारी

AuthorAP Khabar२०७५ फागुन २७, सोमबार (५ साल अघि) ८०३ पाठक संख्या

एपी खबर
जीतपुर, फागुन २७ : सानाकिसान कृषि सहकारी संस्था लि. सिमरा शाखाले पत्रकार सम्मलेनको आयोजना गर्दै सिमरालाई मुख्य कार्यालयको रुपमा अगाडी बढाउने निर्णय गरेको बताउनुभएको छ । सोमवार सिमरा स्थित कार्यालय आयोजना गरीएको पत्रकार सम्मेलनमा कमला कुमारी रिमालले सिमरालाई छुट्टै मुख्य कार्यालयको रुपमा अगाडी बढाउन समिति नै बनाएर अगाडी बढेको जानकारी दिनुभएको हो ।

उहाँले सिमराका शेयर सदस्य अनुसार संचालक नदिनु, संचालकमा बहुमत बनाउने, २८ सय शेयर सदस्यलाई धेरै संचालक तर सिमरा एक्लैको ३१ सय शेयर सदस्य हुँदापनि संचालकमा समान्ता नहुनु, सिमरा शाखाको जग्गा हुदाँ हुँदैपनि करिब १० वर्षदेखि त्यसमा घर बनाउन माग गर्दा समेत त्यो अनुमती नदिनु, संचालकको नेतृत्वमा डुमरवानाबाट नै संयोजक हुनुपर्ने अन्य शाखालाई नपत्याउने, बहुसंख्यक महिला नेतृत्व भएको संस्थामा पुरुष मात्र अध्यक्ष बन्ने भएको कारण महिलालाई संचालकमा भएका महिलालाई मानसिक हिसां गर्ने भन्ने आरोप लगाउँदै अब सिमरालाई छुट्टै मुख्य कार्यालयको रुपमा स्थापीत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

नयाँ सिमरा सानाकिसान कृषि सहकारी संस्था लि. दर्ता गर्न रिमालको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको गरीएको छ । नयाँ कार्यसमितिको सहसंयोजकमा पुनमदेवी महतो, सचिवमा चम्पा पाख्रीन, तथा सदस्यहरुमा क्रमश लक्ष्मि बस्नेत, लक्ष्मि गिरी, मञ्जुदेवी बानीयाँ, शारदादेवी रिजाल, संगिता देवी पाण्डे र कोपिला देवी लामीछाने रहनुभएको छ ।

सोहि निर्णय अनुसार सोमवार नै कार्यसमितले ४ वटा बैंकमा नयाँ खाता समेत सञ्चालनमा ल्याएको छ । सिमरा शाखालाई स्वतन्त्र संस्थाको रुपमा बिकाश गरी सञ्चालन गर्न यहि चैत्र ३ गते अन्तर सामुहिक भेला गर्ने र सिमरा सेवा केन्द्रका सम्पूर्ण हिसाबकिताव केन्द्रमा नपठाउने समेतबैठकले निर्णय गरेको छ ।

साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको ५ ओटा सेवा केन्द्रहरु मध्य सिमरा सेवा केन्द्र आर्थिक हिसावले अत्यन्त बलियो रहेको छ । यस क्षेत्रको उत्कृष्ट तथा जेठो कृषि सहकारी संस्थाको रुपमा स्थापित साना किसान कृषि सहकारी संस्था लि . डुमरवाना भित्र बिगत केहि महिना यता बिभिन्न खालका आन्तरिक विवादहरु हुदै आएको थियो ।

यसअघि हिजो आईतबार डुमरवाना संस्थाको साधारण सभामा सिमरा शाखालाई स्वायत्त संस्थाको रुपमा स्थापित गर्न प्रस्ताव पेश समेत गरीएको थियो । सहकारी ऐन २०७४ को दफा ८७ को उपदफा १ र २ तथा संस्थाको संशोधित विनियम २०७४ को दफा ७२ को उपदफा १ र २ बमोजिम संस्था छुट्टिने निर्णयमा पुगेको रिमालले बताउनुभयो ।

यस शाखाको आर्थीक कारोबार उत्कृष्ट रहेको, संस्थाको सम्पूर्ण चलर अचल सम्पतिहरु केन्द्रिकृत गरि सेवा केन्द्रहरुलाई बिभेद गर्ने गरेको, मुल नेतृत्वमा क्षेत्रीयताको भावना देखाई मुल नेतृत्वबाट विमुख गर्ने गरेको, सेवा केन्द्रको भौतिक पूर्वधार, तथा कर्मचारी ब्यवस्थापनमा समेत मुल नेतृत्वले बिभेद गर्ने गरेको उहाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस