आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एकीकरण : करिब ४५ जिल्ला कमिटी पूर्वएमालेको भागमा

AuthorAP Khabar२०७५ चैत्र ३, आईतबार (५ साल अघि) ४५८ पाठक संख्या

३ चैत   नेकपाभित्र स्थानीय तहको पार्टी एकता टुंगो लगाउने गृहकार्य भइरहेका बेला प्रचण्डको अमेरिका तय भएका कारण करिब २ सातासम्म जिल्ला कमिटीहरुको एकता प्रक्रिया रोकिने भएको छ । यद्यपि विभिन्न जिल्लाहरुमा भागवण्डा मिलिसकेको नेताहरुले दाबी गरेका छन् ।

नेकपा उच्च स्रोतका अनुसार ७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुंगो लागिसकेको छ । तर, यसलाई अन्तिमरुपमा दिने बेलामा प्रचण्डको विदेश भ्रमणका कारण ठोस निर्णय हुन बाँकी रहेको छ ।नेकपा उच्च स्रोतका अनुसार पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्ताव अध्यक्ष केपी ओलीबाट सचिवालयमा आएको छ । तर, ओलीको प्रस्तावमा पूर्वएमालेकै माधव नेपाल समूहले समेत सहमति जनाइनसकेको स्रोतले अनलाइनखबरलाई बतायो ।

online khabar

प्रतिक्रिया दिनुहोस