आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुन जाँदै

AuthorAP Khabar२०७५ चैत्र ३, आईतबार (५ साल अघि) ३७३ पाठक संख्या

चैत  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) मोरङको विराटनगर जाँदै हुनुहुन्छ । उहाँ आज विहान १० बजे काठमाडौंबाट विराटनगरतर्फ प्रस्थान गर्दै त्यहाँबाट सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यस्तै प्रधानमन्त्रीले आजै दिउँसो ११ बजे पछि मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उदघाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।

त्यसपछि उहाँले दिउँसो साढे १२ बजेतिर विराटनगरमा नेकपाको प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउने कार्यक्रम रहेकाे छ ।

त्यस्तै आजै दिउँसो ३ बजे बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस