आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संचारकर्मी साहले खोले गिफ्ट र कस्मेटिक पसल

AuthorAP Khabar२०७५ चैत्र ४, सोमबार (५ साल अघि) ९६९ पाठक संख्या

बाराको व्यापारीक नगरी भनेर चिचिह्ने जितपुरसिमरा उपमहानगरपालिका-७, जितपुरमा बाराका संचारकर्मी मनोज कुमार साहले नया व्यवसाय शुरु गर्नुभएको छ ।

साहले जेनिशा गिफ्ट एण्ड कस्मेटिक पसल नाम राखि २०७५-१२-०४ गते देखी औपचारीक रुपमा पसलको उद्धघान गरि संचालनमा ल्याएका हुन । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल र सोही उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरीले रिविन काटि पसलको उद्धघाटन गर्नु भएको थियो ।

जेनिशा गिफ्ट एण्ड कस्मेटिक पसलमा सस्तो तथा शुलभ दरमा गणस्तरीय गिफ्ट र कस्मेटिकका सामानहरु पाउने पसलका संचालक मनोज कुमार साहले बाताउनुभयो ।

जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल र सोही उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरीले पसलको उद्धघाटन गरि पसलको प्रगतिको शुभकामना दिएका थिए ।

पसलको भव्य उद्धघाटनमा जितपुरसिमरा उपमहानगरपालिका वार्ड नं.६ का वार्ड अध्यक्ष क्यामुदिन अंसारी, जितपुरसिमरा नगर उधोग वाणिज्य संघ जितपुरका अध्यक्ष सजय साह, जितपुरका पुर्व गा.वि.स. अध्यक्ष देवनारायण चौधरी, गढिमाई साझेदारी वन समिति पथलैयाका अध्यक्ष गणेस प्र. साह, युवा नेता सुनिल गुप्ता, समाजसेअफताब आलम, नारी शक्ति विकास मञ्चकी श्रीमती आशा दहाल, हेल्प युवा कल्व जितपुरका अध्यक्ष फैजुलहक अंसारी, सशस्त्र प्रहरी वेश क्याम्प जितपुरका सशस्त्र प्रहरी निरिक्षक राम बहादुर बस्नेत, ईलाका पैहरी कार्यालय जितपुरका प्रहरी प्रमुख सागर शम्सेर राणा, विभिन्न मिडिया र पत्रपत्रीका बाट संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस