आज:  २०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यालयमा राजनीति: ४ पदका लागि १६ उम्मेदवार

AuthorAP Khabar२०७५ चैत्र ५, मंगलबार (५ साल अघि) ४१९ पाठक संख्या

 चैत्र ५   कृष्णनगरमा रहेको महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन चार वर्षपछि हुँदै गर्दा महोल ततिएको छ । अगामी चैत्र २० गते हुने विद्यालयको निर्वाचनाले गर्दा कृष्णनगरमा अहिले चुनावी रौनकता छाएको छ ।
राजनीतिक खिचातानीका कारण कृष्णनगर नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेका छैन् ।

अघिल्ला समितिको अवधी सकिनु एक महिनाअघि प्रक्रिया थालनी गरेर पदावधी सकिएको एक महिनाभित्र नयाँ समिति गठन गरिसक्नु पर्ने शिक्षा नियमावलीमा व्यवस्था छ ।
तर विद्यालयमा करिब ५ वर्षमा दर्जन भन्दा बढी विद्यालयले भेला डाके पनि देखि व्यवस्थापन समिति गठन हुन सकेको छैन।

अहिले ४ पदका लागि हुने निर्वाचनामा १६ जना उम्मेदवारहरु चुनावी दौडहामा लागेका छन । यसले गर्दा विद्यालयमा विवाद सृर्जना भएको छ । राजनीतिक दलहरुले हरेक विद्यालयको व्यवस्थापन समितिमा आफ्ना कार्यकर्तालाई अध्यक्ष बनाउन खोज्दा सहमति हुन नसकेको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलहरुले आ–आफ्ना कार्यकर्तालाई दाबी गर्ने गरेका छन् ।

नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल लगायतका राजनीतिक दलका नेताहरुले आफ्ना–आफ्ना कार्यकर्तालाई विद्यालयको पदाअधिकारी बनाउन लागि परेका छन ।

विद्यालय व्यवस्थापन समिति नहुँदा विद्यालयका अभिभावकहरुले नगरपालिकाबाट समिति गठन गरेर पठाई दिने लगायतका मागसमेत गरेका छन ।

शिक्षा नियमावलीको पछिल्लो संसोधनले समितिमा विद्यार्थीको आमा, बाबु, बाजे र बज्यैमात्रै बस्न पाउने व्यवस्था गरेको छ । नियमावलीको यस्ता प्रावधानले हरेक विद्यालयमा व्यवस्थापन समिति अनिवार्य छ । जसले विद्यालयका व्यवस्थापन समितिलाई राजनीतिबाट मुक्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस