आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संघीय सांसद पूर्वमन्त्री भन्दामाथि

AuthorAP Khabar२०७५ चैत्र ५, मंगलबार (५ साल अघि) ३३६ पाठक संख्या

 चैत्र ५   सरकारले वरियदाक्रम फेरि हेरफेर गर्ने भएको छ । गृहमन्त्री रामबहादुर थापाले अब हुने हेरफेरमा संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथि रहने जानकारी गराउनु भएकाे छ ।

गृहमन्त्री थापाले मन्त्रिपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको उल्लेख गर्दै संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथि नै रहने व्यवस्था गर्ने प्रष्टयाउनु भएको हो ।  संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारकाृे बैठकमा सदस्यहरुले पूर्व मन्त्रीहरुको मर्यादाक्रम सांसदहरुको भन्दा माथि राखिएको भन्ने समाचार आएको उल्लेख गर्दैै त्यसबारे स्पष्ट पार्न आग्रह गरेका थिए ।

गृहमन्त्री थापाले जनप्रतिनिधिहरुको मर्यादा क्रमलाई माथिनै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्वमन्त्रीभन्दा संघीय संसदका सांसदहरुको मर्यादा क्रम माथि नै रहने बताउनुभयो । उहाँले नयाँ मर्यादाक्रम मन्त्रिपरिषद बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको समितिलाई जानकारी गराउनु भयो ।

गृहमन्त्री थापाले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भईरहेको पनि बताउनु भयो । बैठकमा समितिका सदस्य प्रेम सुवाल लगायतका सांसदहरुले सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीको भन्दा पछाडि नराख्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो ।

समितिका अर्का सदस्य अमरेशकुमार सिंहले जथाभावी नागरिकता वितरण गर्ने कर्मचारीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्नु भएको थियो । प्रमाण नपुगी नागरिकता दिने काम गर्नेलाई सरकारले कार्वाही गर्नैपर्ने उहाँको भनाई छ । समितिको बैठकमा नेपाल नागरिकता ऐनलाई शंशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफललाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस