आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुईतिहाइको कम्युनिष्ट सरकार असफल – नेता पाैडेल

AuthorAP Khabar२०७५ चैत्र ९, शनिबार (५ साल अघि) ३२७ पाठक संख्या

एपी खबर
सिन्धुली, चैत्र ९  : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको हारको जिम्मा सबैले लिनुपर्ने बताउनुभएको छ ।

शुक्रबार सिन्धुलीमाढीमा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुलीको २१औं जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा भएको हारलाई सबैलाई स्वीकार गरी अगामी दिनमा राजनीतिक रुपमा शशक्त बन्नुपर्ने जिकिर गर्नुभयो ।

यसैगरी नेता पौडेलले दुईतिहाइको कम्युनिष्ट सरकार पुर्ण रुपमा असफल रहेको आरोप लगाउनुभएको छ । उहाँले वर्तमान सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको लगाएत देशमा दैनिक बलात्कारका घटनाहरु बढिरहेको बताउदै यस्ता घटना रोक्न सरकार पुर्ण रुपमा असफल भएको बताउनुभयो ।

उहाँले वर्तमान सरकार वाइडबडी विमान खरिदमा मात्र चार अर्ब भ्रष्टाचार गरेको, दिनानुदिन भ्रष्टाचार बढिरहेको र भ्रष्टाचाले प्रजातन्त्रलाई नै खतरामा पारेको स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस