आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिला अब एक तिहाई आरक्षणमा रमाउने होइन : सांसद संग्रौला

AuthorAP Khabar२०७५ चैत्र ११, सोमबार (५ साल अघि) ३७६ पाठक संख्या

 चैत्र ११   नेपाली कांग्रेसकी सांसद डीला संग्रौलाले अब महिला नेत्री होइन नेता बन्ने अभियानमा लागेको बताउनु भएको छ । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै सांसद संग्रौलाले सबै राजनीतिक पार्टीको विधान र नीति महिलामैत्री नहँुदा र टिकट दिने बोर्डमा महिला पुग्न नसकेको बताउनुभयो । सांसद संग्रौलाले अब महिला आरक्षणमा मात्रै सीमित नभई ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

‘जो लिडरसिपमा आइसक्नु भएको त्यो ठूला ठूला ओहदामा जानुपर्छ, नीति बनाउने ठाउँमा टिकट दिने संसदीय बोर्डमा नपुसम्म महिलाले नेतृत्व लिन सक्दैन’, उहाँले भन्नुभयो, ‘पछिल्लो समय हरेक पार्टीभित्र देखियो स्थानीय तहमा संविधानमा बाध्यकारी नियम भएकाले सबै स्थानीय तहमा उपप्रमूख र उपाध्यक्षमा टिकट दिए प्रदेश संघ र बाध्यकारी नभएकाले सबैले समानुपातिकबाट एक तिहाई महिला पु¥याए । अब हामी एक तिहाईमा रमाउने त होइन नी निर्माचनमा ३३ प्रतिशत महिला प्रत्यक्षमा जानुपर्छ ।’

सासंद संग्रौलाले बहुमतको सरकार आएको एक वर्ष वितिसक्दा पनि मुलुकमा शान्ति, शुसासन कायम हुन नसकेको बताउँदै सरकारले भष्ट्राचार, महंगी, हत्या हिसांलाई सिरानी मुनी लुकाएर हिडेको आरोप लगाउनुभयो ।

सरकारले ९० प्रतिशत भन्दा बढी अपराध नियन्त्रण गरेको बताएपनि आठ महिना पुग्दासम्म निर्मलाको हत्यारा समात्न नसक्दा अपराधीलाई सरकारले नै सरक्षण गरेर राखेको उहाँले आरोप लगाउनुभयो । ‘मूलक शान्त छैन हत्या हिंशा र बलात्कारका घटनाले मूलुक आक्रान्त छ, विकास र समृद्धिको अनुभूति नेपाली जनताले गर्न पाएका छैनन्,’ उहाँले भन्नुभयो, ‘सुशासन मूलुकमा छैन भ्रष्टाचार संस्थागत भइसक्यो, महंगी, कालोबजारी ब्याप्त छ यो सरकार भ्रष्टाचारलाई सिरानीमुनी राखेर हिँडिराखेको छ ।’

सरकारले सिके राउतसँग सम्झौता र विप्लबलाई प्रतिबन्ध लगाउनुले फेरि मुलूकमा निरंकुशता ल्याउन सक्ने आशंका ब्यक्त गर्नुभयो । सासंद संग्रौलाले राष्ट्रियता र स्वाभिमानमा आँच आउन नदिन नेपाली कांग्रेसले ध्यानाकर्षण र खबरदारी गरिराख्ने बताउनुभयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस