आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘मुलुकको स्वाभिमान त्यागेर नेपाली बन्नुको नैतिकता हुँदैन’

AuthorAP Khabar२०७५ चैत्र ११, सोमबार (५ साल अघि) ४५७ पाठक संख्या

चैत्र ११   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले मुलुकको स्वाभिमानलाई परित्याग गरेर नेपाली भन्नुको नैतिकता कसैलाई पनि नभएको बताउनुभएको छ ।

देशको र पूर्वीय दर्शनको धर्म संस्कृतिमा रहेको ज्ञानको अनन्त भण्डारले आज विश्व चकित भइरहेको उहाँले बताउनुभयो । जगदगुरु महायोगी सिद्धबाबा श्रीवैष्णव डाक्टर कृष्णदासजीलाई सोमबार चितवनको भरतपुरमा नागरिकका तर्फबाट अभिनन्दन गर्दै नेता नेपालले कृष्णदासलाई गरिएको अभिनन्दनले सिंगो देशका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत महत्व राख्ने बताउनुभयो ।

नेपालको धर्म संस्कृतिलाई कसैले तेजोबध गरेर समाप्त पार्दै नेपालको मर्यादा माथि उठाउन नसकिने नेता नेपालले प्रष्ट पार्नुभयो । नागरिक अभिनन्दन समारोहमा डाक्टर कृष्णदासजीलाई नागरिकका तर्फबाट २१ किलोको मालासहित अभिनन्दन पत्रबाट सम्मान गरिएको थियो । जिल्लाका विभिन्न एक सय ६५ संघसंस्था तथा देवघाट क्षेत्रमा रहेका विभिन्न सन्यास आश्रमहरुले संयुक्त रुपमा अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस