आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धार्मिक महोत्सव डुमरवानाको आयब्यय सार्वजनिक

AuthorAP Khabar२०७५ चैत्र ११, सोमबार (५ साल अघि) ८७७ पाठक संख्या

एपी खबर
जीतपुर, चैत्र ११ : पर्यटन प्रवद्धनका साथै एम्बुलेन्स खरिद गर्ने उद्देश्य सहित आयोजीत श्रीमद्भभागवत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव डुमरवानाले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै आम्दानि र खर्च विवरण सार्वजनिक गरिएको छ ।

धार्मिक महोत्सव मुल आयोजक समित फागुन २३ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको महायज्ञकोे आम्दानि – खर्च विवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको विवरण अनुसार धार्मिक महोत्सवमा ४२ लाख ४४ हजार ५ सय ८ रुपयाँ रकम संकलन भएको छ ।

महोत्सवमा जम्मा भएको रकम मध्ये हाल बैंक खातामा नगद १६ लाख ४० हजार ७ सय १४ रुपयाँ, उठ्न बाँकी चेक रकम १ लाख ३६ हजार ५ सय ५५ र उठ्न बाँकी रकम ६ लाख ६८ हजार २ सय ३१ रहेको छ । भने ७ लाख ९९ हजार ८ रुपयाँ धार्मिक महोत्सवका खर्च भएको आयोजक समितिले जनाएको छ ।

यसैगरी यस धार्मिक महोत्सवमा दान पेटिकाबाट ८१ हजार र जीतपुरसिमरा उप महानगरपालिका वडा नं १३, १४, १५ र १६ वडाका वडाध्यक्षहरुद्धारा एम्बुलेन्स खरिदका लागि प्रदान १० लाख सहयोग गरेको आयोजक समितिका अध्यक्ष एवम जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

कृष्ण प्रसाद लामिछानेको सहजीकरणमा सम्पन्न कार्यक्रममा टंकप्रसाद पराजुली, आत्माराम अर्याल, टिकाराम न्योपाने लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस