आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आपसी छलफलबाट सिमराबासिको समस्या समाधान गर्ने उधोग मन्त्रि यादबको भनाई (भिडियो सहित हेर्नुहोस)

AuthorAP Khabar२०७५ चैत्र १२, मंगलबार (५ साल अघि) ४९० पाठक संख्या

एपी खबर
जीतपुर, चैत्र १२ : उधोग,बाणिज्य तथा आपुर्ती मन्त्रि मात्रिका यादबले सबैसंगको छलफलबाट सिमरा बासिको समस्या समाधान हुने बताउनुभएको छ । सिमरा बिमानस्थलमा सिमराबासिको तर्फबाट जगदम्बाले नयां स्थापना गर्न लागेको उधोग निर्माण कार्य रोक्न माग गदै बुझइएको ज्ञापन पत्र ग्रहण गदै उहाँले सबैसंगको छलफल पश्चात समस्याको सामाधान गर्न आफु प्रतिबद्ध रहेको जानकारी गराउनुभएको हो ।

उच्वअदालत बिरगजंको कार्यक्रममा भागलिन जाने क्रममा सिमरा बिमानस्थलमा ज्ञापन पत्र बुझ्दै मन्त्रि यादबले राजधानिमा लगानि सम्मेलन हुदैछ त्यसलाई असर पर्ने गरी कुनै कार्य नर्ग आग्रह गर्दै सम्मेलन पछि आवश्यक्ता अनुसार उद्योगको अवलोकनका साथै छलफल गरी समस्याको समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

सिमराका स्थानिय अगुवा मनोज पौडेलको नेत्रृत्वमा गएको प्रतिनिधिमण्डलले पेस गरेको पत्रमा सिमराको घना बस्तिमा उधोगले अहिले गरीरहेको प्रदुषणका साथै थप्न लागेको नयाँ पलान्टले सिमराबासिमा पर्ने असरका बारेमा जानकारी गराइएको थियो ।

ज्ञापन पत्रमा उद्योगले प्रदुषण नियन्त्रण गर्नु पर्ने सर्तहरु उद्योग स्थापना हुंदा गर्नु पर्नेमा सो नगरेको र सो कारणले गर्दा जनताको जिवनस्तर अझै अत्यन्तै कष्टकर र अस्वस्थ्यकर हुदै जाने देखिएको जनाइएको छ । प्रदुषण वढ्ने गरी सिमरा शहरको घनाबस्तिको बिचमा स्थापना गर्न लागिएको नयाँं उधोगको अनुमति रद्ध गरी पॉउ र कवाडी गलाउने भट्टीहरु तुरुन्तै वन्द गरी पॉउ ज्ञापन पत्रमा उल्लेख गरएको छ ।

साथै ज्ञापन पत्रमा सो उद्योग यथा सम्भव छिटो निरिक्षण गरी जनताको स्वास्थ्यको सुरक्षार्थ उक्त उद्योगले गरेको प्रदुषण अन्त्य गर्न लगाई हालसम्म मापदण्ड विपरित कार्य गरेकोले सो उद्योगलाई उचित कायवाहीको ब्यवस्थाका साथै त्यसबाट पिडीत नागरीकलाई क्षतिपुर्तीको ब्यवस्थाका लागि अनुरोध गर्दछौ भनिएको छ ।

अभियन्ता पौडेलले उद्योगको नयाँ पलान्ट बन्द गराउने मागका बारेमा मिती २०७५ फागुन ५ गते जितपुरसिमरा उपमहानगरपालिकामा नयां उधोग स्थापना गर्ने कार्य रोक्न र कवाड गलाउने भटटी बन्द गर्न निबेदन तर त्यस प्रति स्थानिय तहले कुनै चासो नदिएको भनी चिन्ता ब्यक्त गरेको भन्दै कुनै सुनवाई नभएको कारण मिती २०७५ चैत्र ११ गते यसै बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बारामा समेत ध्यानार्कषण गराइएको ब्यहोरा अनुरोध गर्दै हामी स्थानियले ठुलो आसाका साथ यो पत्र माननिय मन्त्रि ज्यु समक्ष पेस गरेका छौ ज्ञापन पत्रमा भनिएकोछ ।

ज्ञापन पत्र बुझाउन स्थानिय अगुवाहरु हरि चौलागाई,कृष्ण खनाल,प्रेम बराल,बिरेन्द्र बांस्कोटा,गिता कंडेल, छबिलाल शर्मा,हरी थपलिया, रबिन्द्र खकुरेल, राजाराम साह, पुर्ण चन्द्र तिमल्सिना, बलराम श्रेष्ट सिमरा बिमानस्थल पुग्नु भएकोथियो ।

सो अवसरमा सिमरा बिमानस्थलमा मन्त्रि यादब र सर्वोच्च अदालतका न्यायधिस हरीकृष्ण कार्कीको स्वागतमा उच्वअदालत बिरगञ्जका मुख्य न्यायधिस डिल्लिराम शर्मा सहितका न्यायधिसहरु,नेकपाका केन्द्रिय सदस्य दिनेस राई,जितपुर सिमराका प्रमुख डा.कृष्ण पौडेल, नगरका वडा अध्यक्षहरु इश्वर केसि, रामसरण बतौला, राम प्रसाद लामिछाने, कृष्ण ठकुरी लगायतको उपस्थिती रहेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस