आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शुक्रबार नेप्सेमा सामान्य सुधार

AuthorAP Khabar२०७५ चैत्र १५, शुक्रबार (५ साल अघि) ४०२ पाठक संख्या

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव १८ प्रतिशत बढेर बन्द भएको छ । नेप्से बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० प्रतिशत घटेको छ । अघिल्लो दिन लक्ष्मी बैंकको म्याचिङ कारोबार भएका कारण कारोबार रकम बढेको थियो । बजार अहिले सुस्त गतिमा रहेका कारण अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । बजारलाई अधिक सेयर आपूर्ति र बैंकहरूको चर्को ब्याजदरले प्रभावित पारिरहेको छ । सोही कारण नेप्सेले गति लिन नसकेको एक विश्लेषकले बताए । तर, आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्य नजिकिँदै गएपछि बजार बढ्ने उनको भनाइ छ । नयाँ वर्षको सुरुवातसँगै कम्पनीहरूले तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्नेछ । चैत मसान्तसम्ममा कम्पनीहरूले उल्लेख्य नाफा आर्जन गरेको लगानीकर्ताको अपेक्षा रहेको छ । सोही कारण बजारले गति लिने समय भएको उनको विश्लेषण रहेको छ ।

बजार सारांश
बिहीबार नेप्से परिसूचक २ दशमलव १ अंक बढेर १ हजार १ सय ४४ दशमलव ५३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ३२ अंक बढेर २ सय ४३ दशमलव ४९ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ । यस दिन १ सय ६८ कम्पनीको ५ हजार ६ सय १७ पटकको कारोबारमा २४ करोड ५९ लाख ११ हजार ९ सय १५ रुपैयाँबराबरको ९ लाख ६५ हजार ७९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ५३.६४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ८७ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६८ कम्पनीमध्ये ६३ कम्पनीको सेयरमूल्य बढेको छ भने ७२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३३ कम्पनीहरूको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिन नेप्सेको पिभट बिन्दु यस दिन १ हजार १ सय ४३ दशमलव शून्य ६ रहेको छ । आगामी कारोबार दिनका लागि नेप्सेको पहिलो टेवा बिन्दु १ हजार १ सय ४१ दशमलव ५७ रहेको छ भने दोस्रो टेवा बिन्दु १ हजार १ सय ३८ दशमलव ६१ रहेको छ । त्यसैगरी, आइतबार बजार उकालो लागे १ हजार १ सय ४६ दशमलव शून्य २ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार १ सय ४७ दशमलव ५१ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

शिवम्को सर्वाधिक कारोबार
कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा यस दिन शिवम् सिमेन्ट्स लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ७ सय ४५ पटकको कारोबारमा २ करोड ६२ लाख ८४ हजार रुपैयाँबराबरको ७८ हजार ४ सय ५० कित्ता सेयर खरिद–बिक्री भएको छ । कम्पनीले १५ दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् । सो कम्पनीको सेयरमूल्य यस दिन ७ रुपैयाँ घटेर ३ सय ३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । प्रभु बैंकको कारोबार रकम यस दिन १ करोड नाघेको छ ।

युनिभर्सलको सेयरमूल्यमा सर्किट
युनिभर्सल पावर कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन पनि १० प्रतिशत घटेर सर्किट ब्रेक लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन १९ रुपैयाँ घटेर १ सय ७९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । स्वरोजगार लघुवित्त विकास बैंकको संस्थापक सेयरको मूल्य यस दिन ९ दशमलव १९ प्रतिशत घटेको हो । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ५ दशमलव ८८ प्रतिशत बढेको छ । त्यसैगरी, फरवार्ड कम्युनिटीको सेयरमूल्य यस दिन ४ दशमलव ७७ प्रतिशत बढेको छ ।

६ समूह हरियो, ४ रातो
यस दिन कारोबारमा आएका १० समूहमध्ये ६ समूहको परिसूचक बढेर हरियो भएको छ भने बाँकी ४ समूहको परिसूचक घटेर रातो भएको छ । यस दिन अन्य समूहको परिसूचक शून्य दशमलव ४९ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४६ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ३४ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव २२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १८ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव १४ प्रतिशत बढेको छ ।

होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ८१ प्रतिशत घटेको छ । कारोबारमा आएको विकास बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव २१ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य २ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ ।

nayapatrika

प्रतिक्रिया दिनुहोस