आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हुरीबतास पीडित बारा जिल्लाका जनतालाई एन. आई. सी. एशिया बंैकको सहयोग सामग्री हस्तान्तरण

AuthorAP Khabar२०७५ चैत्र २१, बिहिबार (५ साल अघि) ५५२ पाठक संख्या

एपी खबर

जीतपुर, चैत्र २१ : बारा र पर्सामा आएको बिनासकारी हावाहुरीबाट घरबार गुमाएका पिडितलाई एन आई सी एशिया बंैक लिमिटेडले राहत समाग्री वितरण गरेको छ । उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्य गरेको हो ।

यस बैँकले घटनाबाट पिडित जन समुदायमा मल्हम लगाउने उद्देश्यका साथ फेटा गाउँपालिकाका पुरनियाँ, बलही, भरवलिया लगायत गाउँका पीडितका लागि अतिआवश्यक राहत समाग्री वितरण गरेको बैँकका प्रमुख सुचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिनुभएको छ ।

बैँकले पिडित परिवारलाई ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ  । उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरीलाल प्रसाद साहको नेतृत्वमा वितरण गरीएको हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको यस बैँकले आफुमाथीको विश्वासलाई जनता माझ ल्याउने प्रयास स्वरुप आफ्नो सामाजिक उत्तरदायित्व पुरा गरेको हो ।

करिब १५ लाख ग्राहसाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस