आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनहित उपभोक्ता समितिको १२ औँ साधारण सभाको सम्पुर्ण तैयारी पुरा

AuthorAP Khabar२०७५ चैत्र २१, बिहिबार (५ साल अघि) ४२२ पाठक संख्या

एपी खबर
जीतपुर, चैत्र २१ : पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत रहेको जनहित उपभोक्ता समितिको १२ औँ वार्षिक साधारण सभाको सम्पुर्ण तैयारी पुरा भएको छ । बिहिवार समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जनहित उपभोक्ता समितिको १२ औँ वार्षिक साधारण सभाको सम्पुर्ण तैयारी पुरा जानकारी गराउनुभएको हो ।

समितिको १२ औँ वार्षिक साधारण सभामा प्रदेश नम्बर २ का उद्योग, पर्यटन बन तथा वातावरण राज्य मन्त्रि सुरेश मण्डलको प्रमुख आतिथ्यता रहनेछ । मन्त्रि मण्डलले आफ्नो गृह जील्लाको कार्यक्रमलाई स्थगीत गरेर यता आउने समय दिनुभएको समितिले जनाएको छ । बुधवार जनहित उपभोक्ता समिति टोलीले राज्य मन्त्रि मण्डललाई कार्यक्रममा आउन अग्रह गरेको थियो ।

पछिलो समय पर्यटन क्षेत्रको रुपमा विकास हुदैँ गएको यस क्षेत्रमा प्रदेशको सहभागीतालाई बलियो बनाउन मन्त्रिको आगमनले सहज बनाउने समितिका अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँले १२ औँ साधारण सभाबाट यस क्षेत्रमा आउदै केहि समय भित्रमै पर्यटनको विकास गर्ने मोडालीटि तैयार गर्ने योजना समेत लगीने जानकारी दिनभयो ।

चेत्र २३ गते बिहान १० बजेबाट शुरु हुने साधारण सभामा समितिले आफ्नो १२ औँ साधारण सभामा बन क्षेत्रलाई संरक्षण गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने तथा निकुञ्ज क्षेत्रमा अतिथीहरुलाई घुमाउने तैयारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस