आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

व्यासलाई आलुमा आत्मनिर्भर बनाइने

AuthorAP Khabar२०७५ चैत्र २४, आईतबार (५ साल अघि) ३६४ पाठक संख्या

चैत्र २४   व्यास गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाइने भएको छ । विगतदेखि नै आलु उत्पादन हुँदै आएको व्यास गाउँपालिकाभरी आलु खेती लगाएर आलुमा आत्मनिर्भर बनाइन लागेको हो ।

आलुको लागि उपयुक्त हावापानी रहेको व्यास गाउँपालिकाले यो वर्ष हालसम्म दुई मेट्रिक टन आलुको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । अझै किसानको मागको आधारमा थप दुई मेट्रिक टन आलुको बीउ माग गरिएको गाउँपालिकाको कृषि शाखा सह संयोजक विपी बडुले जानकारी दिनुभयो । पहिलो चरणमा किसानलाई पाठशालामार्फत आलु खेती लगाउन शुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खातीगाउँमा कृषक पाठशालामार्फत् आलु खेती लगाउन थालिएको हो ।

परम्परागत तरिका र आधुनिक प्रविधिको आधारमा आलु लगाइएको छ, सह संयोजक बडूले भन्नुभयो, ‘आधा रोपनीमा किसानको परम्परागत तरिका र आधा रोपनीमा आधुनिक तरिकामा गरी पहिलो चरणमा नमुनाको रुपमा एक रोपनी खेतमा आलु लगाइएको छ ।’

janta samachar

प्रतिक्रिया दिनुहोस