आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘ठूला मिडियालाई श्रमको मूल्य दिनु पर्दा १०५ डिग्री ज्वरो आयो’

AuthorAP Khabar२०७५ चैत्र २६, मंगलबार (५ साल अघि) २६९ पाठक संख्या

चैत्र २६   सरकारले सबै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुको विकल्प नभएको भन्दै त्यस सम्बन्धी निर्णय पुर्नविचार नहुने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल पत्रकार महासघमा मंगलबार आयोजित कार्यक्रममा न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने बताउनुभएको हो ।

पत्रकारलाई श्रमको मूल्य देउ भन्दा अधिनायकवाद भन्नु गलत भएको भन्दै उहाँले प्रेस स्वतन्त्रताको नाममा श्रमको शोषण गर्ने प्रवृतिको अन्त्य गरेरै छाड्ने बताउनुभयो । ‘ठूला मिडियालाई श्रमको मूल्य दिनु पर्दा १०५ डिग्री ज्वरो आएकाे छ ’ उहाँले भन्नुभयो, ‘त्यो ज्वरो आइरहेको म देखिरहेको छु । हेरिरहनेछु । जुन दिनसम्म म यहाँ नेतृत्व गरिरहने छु । म व्याक हुन्न । व्याक हुनुपर्ने कुनै अपराध गरेको छैन ।”

उहाँले नक्कली कागजात बनाएर स्वतन्त्रताको लडाई लड्ने विषयमा सरकारलाई झुक्काउने प्रयास नगर्न पनि सचेत गराउनुभयो । ठूला मिडिया संञ्चालकहरुप्रति निकै आक्रामक देखिनु भएका मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक उपलब्ध गराए÷नगराएको बारेमा कडा निगरानी गरिने चेतावनी दिनुभयो ।

न्यूनतम पारिश्रमीक लागू गर्ने विषय खासमा सरकारको भन्दा पनि पत्रकार र तीनसँग सरोकार राख्ने संस्थाको एजेण्डा हुनुपर्ने बताउनुभयो । ‘म सोध्नु चाहन्छु’ उहाँले भन्नुभयो, ‘यो मुद्दा कसको हो ? सरकारको हो या १२ हजार श्रमजीवीको ?’ आफ्नाविरुद्ध जति नै आलोचना गरेपनि त्यसको कुनै अर्थ नरहेको भन्दै उहाँले ‘पत्रकारलाई पारिश्रमिक देउ भन्दा अधिनायकवाद भन्नु दिउँसै रात पारे जस्तो हुने’ टिप्पणी गर्नुभयो ।

janta samqachar

प्रतिक्रिया दिनुहोस