आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीर अस्पतालमा स्वस्थ व्यक्ति बिरामी पर्ने डर

AuthorAP Khabar२०७५ चैत्र २६, मंगलबार (५ साल अघि) २९४ पाठक संख्या

चैत्र २६   देशकै ठूलो सरकारी अस्पतालका रुपमा परिचित विर अस्पतालभित्रको दृश्य दिनहुँ दुर्गन्धित बन्दै गएको छ । त्यही दुर्गन्धित वातावरणभित्र कर्मचारीहरु काम गर्न बाध्य छन् भने बिरामी यसको प्रत्यक्ष मारमा परेका छन्।

पटकपटक आग्रह गर्दा समेत सम्बन्धित निकाय फोहोर पन्छाउन तत्पर नभएको कर्मचारीहरु बताउँछन् । अस्पतालमा दिनहुँ हजाराैंको संख्यामा बिरामी उपचारका लागि आउने गरेपनि अस्पतालभित्र र बाहिरको दृश्य हेर्दा यसलाई अस्पताल जस्तो नभएर डम्फिङ साइड’ जस्तो देखिन थालेको छ । अस्पतालमा दुर्गन्धित वातावरण र फोहोरका कारणा स्वयं कर्मचारीहरुलाइ पनि काम गर्ने वातावरण देखिदैन ।

त्यतिमात्र होइन, अस्पताल परिसरमा कवाडीका सामानहरु थुपारिएको महिनौ भइसकेको छ । अस्पतालमात्रै होइन परिसरमा हिड्ँने पैदलयात्रुलाई समेत त्यहाँको फोहोरले आक्रान्त बनाएको देखिन्छ । महिनौदेखि बाटैवाट देखिनेगरी यत्रतत्र फालिएका कवाडी सामानले अस्पतालका कर्मचारी चिन्तित बनेका छन् ।

अव्यवस्थित तवरले फ्याँकिएका फोहोर र अस्पताल भित्रको दुर्गन्धले स्वस्थ व्यक्ति समेत बिरामी नपर्ला भन्न सकिदैँन । त्यसैले अस्पतालले सरसफाइमा समयमा ध्यान पुर्याउनु अत्यावश्यक छ । 

प्रतिक्रिया दिनुहोस