आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हावाहुरीले राजपाको महाधिवेशन स्थगित

AuthorAP Khabar२०७५ चैत्र २६, मंगलबार (५ साल अघि) २७४ पाठक संख्या

चैत्र २६   राष्ट्रिय जनता पार्टीको महाधिवेशन हावाहुरीको कारण स्थगित भएको छ । आउँदो वैशाख ७, ८ र ९ गते गर्ने भनिएकाे राजपाको एकता महाधिवेशशन बारा र पर्सामा गत आइतबार आएको भीषण हावाहुरीको कारण स्थगित भएको हो ।

राजपाले महाधिवेशन र हावाहुरी पीडितको अवस्थाबारे छलफल गर्न मंगलबार अध्यक्ष मण्डलको बैठक बसेको थियो । बैठकमा संघीय समाजवादी फोरम नेपालसँगको एकताबारे समेत छलफल भएको छ ।

महासचिव केशव झाले बैठकपछि महाधिवेशन हावाहुरीको कारण तत्काललाई स्थगित गरिएको जानकारी दिनुभयो । ‘हावाहुरीकै कारण महाधिवेशनको तयारी गर्न सकिएन’ उहाँले भन्नुभयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस