आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजी विद्यालयको मनपरी, आर्थिक शोषणमा अभिभावक

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) २६१ पाठक संख्या

चैत्र २७  राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विभिन्न विषयलाई प्राथमिकता दिएर समाचार छापेको छ ।

मंगलबार जनतासमाचार डटकममा सर्वोच्च अदालतले एनसेललाई कर तिर्नको लागि दिएको आदेश, सरकारी चिकित्सकहरुको आन्दोनले विरामीलाई मर्का परेको लगायतका राजनीतिक, सामाजिक, आर्थिक, मनोरञ्जनात्मक र अन्तर्राष्ट्रिय प्रसङ्गलाई समेटेर समाचार प्रकाशित गरेको थियो ।

राजधानी दैनिकले ‘एनसेलसँग तीन महिनाभित्र लाभकर उठाउनू’ शीर्षकमा समाचार छापेको छ । समाचारमा एनसेलबाट ६० अर्ब ७१ करोडभन्दा बढी कर असुल हुने उल्लेख गरिएको छ । यस्तै निजी विद्यालयको मनपरी शीर्षककमा लेखिएको समाचारमा विद्यार्थी र अभिभावकलाई बिभिन्न विषयलाई लिएर आर्थिक शोषण गर्ने गरेको उल्लेख छ । त्यसैगरी कांग्रेसभित्रको समाचार प्रकाशित गरेको राजधानी दैनिकले ललिता निवासको १ हजार २ सय ९८ रोपनी जग्गाको अवस्था अन्योल रहेको विषयलाई पनि पहिलो पृष्ठमा समेटेर समाचार लेखेको छ । बजेट अभावले गैँडा गणनाको काम पनि अन्योलमा रहेको प्रसङ्ग पनि पहिलो पृष्ठमा छ ।

नयाँ पत्रिका दैनिकले ‘तीन सय पचास स्थानीय तहको लेखा अवरुद्ध’ शीर्षकको समाचार छापेको छ । समाचारमा समायोजनले स्थानीय तहमा कर्मचारी अभाव भएको र वर्षको अन्तिममा विकासको भुक्तानी र कर्मचारीको तलब रोकिएको प्रसङ्ग समेटिएको छ । यस्तै डाक्टरहरुको आन्दोनलका गतिविधिलाई झन् चर्को बनाएपछि प्रधानमन्त्री र मन्त्रीबीच छलफल भएको पत्रिकामा उल्लेख छ । यस्तै एनसेलबाट तीन महिना भित्र कर उठाउन सर्वोच्चको आदेश दिएको समाचार पनि पत्रिकाले छापेको छ । साथै कर नतिरेसम्म लाभांश वितरण र सेयर विक्रीमा समेत रोक लगाउन सर्वोच्चले आदेश दिएको छ । त्यस्तै ६४ वर्षपछि सगरमाथाको उचाई फेरि नाप्न लागेको समाचार पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुर दैनिकले ५ दिनदेखि सरकारी अस्पताल ठप्प भएता पनि यसप्रति सरकार गम्भीर नभएको प्रसङ्गलाई उठान गर्दै समाचार छापेको छ । समाचारमा डाक्टरले कर्णाली नरोजेको विषयलाई पनि समेटेको छ । त्यसैगरी समायोजनमा समस्यै समस्या शीर्षकको पनि समाचार पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । यस्तै सर्वोच्चले एनसेलबाट तीन महिनाभित्रै कर उठाउन आदेश दिएको समाचार पनि कान्तिपुरको पहिलो पृष्ठमा छ ।

‘भुक्तान नगरेसम्म सेयर बेच्न रोक’ शीर्षकको एनसेलको लोगोसहितको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ । जसमा सर्वोच्च अदालतले एनसेललाई लाभकर तिर्नको लागि दिएको आदेशबारेको समाचार प्रकाशित छ । यस्तै चिनी उद्योगीहरुले किसानलाई ठगेको समाचार पनि आजको नागरिकमा छ । समाचारमा किसानको आठ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्रसङ्गलाई समेटिएको छ ।

कारोबार दैनिकले मलेसियाका लागि अनुमति पाएको समाचार प्रकाशित गरेको छ । समाचारमा कलिङ भिसाा आएकालाई मलेसिया जान अनुमति दिइएको प्रसङ्ग समेटिएको छ । यस्तै राजधानीबाट नजिक रहेको ६ हजार १ सय ५१ मिटर उचाइको जुगल हिमालमा पहिलोपटक मानव पाइला टेकिएको समाचार पनि कारोबार दैनिकले पहिलो पृष्ठमा छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले ‘लथालिंग सत्ता–विपक्षी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा नेकपामा नेतैपिच्छे गुट र कांग्रेसलाई भागवण्डाले अलपत्र पारेको प्रसङ्ग समेटिएको छ । यस्तै सर्वसाधारणको उपचारको लागि सरकारी चिकित्सकहरु काममा नफर्किएको समाचार प्रकाशित गरेको अन्नपूर्ण पोस्ट्ले राज्यकै अनुमतिमा धर्म प्रचार भएको विषयलाई पनि समेटिएको छ । केहि आईएनजीओले सबै हिन्दुलाई पादरी बनाउने मिसन लिएर काम गरिरहेको सत्तापक्षका सांसद् विरोध खतिवडा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस