आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

म्याग्दीका सबै तहमा नेकपाको एकता कमिटी

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३०० पाठक संख्या

चैत्र २७  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मङ्गलबार म्याग्दीका छ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ ।

चार पालिकासहित २८ वडामा पूर्वएमाले र दुई पालिकासहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले बताउनुभयो ।

‘पालिकाको नेतृत्व अनुमोदनका लागि प्रदेशमा सिफारिश गरेका छौँ र वडाको जिल्ला संयन्त्रले अनुमोदन गरेको छ’, पौडेलले भन्नुभयो, ‘सबै ठाउँमा सर्वसम्मत कमिटी गठन भएको छ ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको करीब एक वर्षपछि स्थानीय र वडास्तरमा संयुक्त कमिटी गठन भएको हो । स्थानीय तह र वडा कमिटीमा पूर्वएमालेबाट ५९ र पूर्वमाओवादी केन्द्रबाट ४१ प्रतिशत प्रतिनिधित्व रहने गरी कमिटी गठन गरिएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस