आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बल्ल खुल्यो मलेसिया

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३८१ पाठक संख्या

चैत्र २७  १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रुपमा खुल्ला गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ प्रक्रियाका लागि स्वास्थ्य संस्था छनोट गरिरहेका बेला पहिलो चरणमा कलिङ भिसा आएका १९ युवालाई पहिलो चरणमा मलेसिया प्रवेशका लागि अन्तिम श्रम स्वीकृत दिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयल ताहचलले सोमबार २ र मंगलबार १७ सहित १९ जनालाई मलेसिया जान अनुमति प्रदान गरेको हो । विभागका प्रमुख देवेन्द्र कार्कीले कलिङ भिसा आएका युवाले प्रक्रिया पु¥याएर दिएको निवेदनमा आधारमा सोमबारदेखि नै संकेतिक सन्देश दिने गरी सोमबारबाट मलेसियाको अनुमति प्रदान गरिएको जानकारी दिनुभयो । समाचार कारोबार दैनिकले प्रकाशित गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस