आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीमती खोज्दै भारततिर

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३२१ पाठक संख्या

चैत्र २७   जीवनभर एकआर्कालाई साथ दिने कसम खाएर विवाह बन्धनमा बाँधिएकी श्रीमती गायव भएपछि सप्तरीका युवक खोज्दै भौतारिएका छन् । पाँच वर्ष प्रेमसम्बन्धपछि विवाह गरेकी श्रीमतीलाई उनका घरपरिवाले गायब बनाएको भन्दै बिष्णुपुर गाउँपालिका–५ का प्रदीपकुमार साह न्याय माग्दै प्रहरी प्रशासनमा धाइरहेका छन् ।

असोज ५ गते प्रदीपले हनुमाननगर कंकालिनी नगरपालिका–६ रम्पुरा मल्हनियाकी २० वर्षीया रबिनाकुमारी यादवसँग अन्तरजातीय विवाह गरेका थिए । उनीहरुले सप्तरी जिल्ला अदालतबाट माघ २३ गते नाताकायम समेत गरे । तर, नाताकायम भएको महिना दिन नबित्दै माइती पक्षले श्रीमती गायब पारेको साहको आरोप छ ।

राजविराजको राजदेबी मन्दिरमा राजिखुसी विवाह र सप्तरी जिल्ला अदालतबाट नाताकायम गरी राजविराजमै डेरामा बस्दै आएका थिए । प्रदीप पढ्न काठमाडौं गएका बेला फागुन २३ गते श्रीमतीलाई माइती पक्ष आएर लगेको प्रदीपको भनाइ छ ।

श्रीमतीलाई भारत बिहारको मधुबनी अन्धरामण्ठ मैन्हीमा बन्धक बनाई राखेको दावी गरेका प्रदीपले न्याय खोज्दै नेपाल र भारतका प्रहरीलाई समेत गुहारेका छन् । समाचार अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस