आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान’ गठन गर्न विधेयक पेश

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३१७ पाठक संख्या

चैत्र २७   प्रदेश ३ मा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न सरकारले प्रदेश सभामा विधेयक पेश गरेको छ ।

हेटौंडा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न सरकारको तर्फबाट सामाजिक विकास मन्त्री युवराज दुलालले मँगलबारको प्रदेश सभाको बैठकमा विधेयक पेश गर्नुभएको हो ।

१ सय २० बेड क्षमताको हेटौंडा अस्पताललाई नै स्तरोन्नति गरेर प्रतिष्ठान सञ्चालन गर्ने सरकारको लक्ष्य छ । ७० शैया विस्तारका लागि संघीय सरकारले २८ करोड १६ लाख रकम बराबरको ठेक्का लगाएर अस्पतालको भौतिक निर्माणको कार्य शुरु भएको छ ।

विधेयकमा प्रतिष्ठानले स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न विषय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने उद्देश्यले आवश्यकताअनुसार शैक्षिक संस्थाको स्थापना गर्न सक्ने प्रस्ताव गरेको छ । प्रस्तावित ऐन बमोजिम आरक्षण वा छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीले प्रतिष्ठानले प्रदेशभित्रको पिछडिएको वा दुर्गम क्षेत्रमा तोकेको अवधिभर काम गर्नुपर्ने उल्लेख छ ।

बैठकमा प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्थागर्न बनेको बिधेयक, प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रादेशिक कृषि व्यवसाय प्रबद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक सभामा प्रस्तुत गरिएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस