आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई जलविद्युत आयोजनाको सेयर आवेदन खुला

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) २८३ पाठक संख्या

चैत्र २७  सरकारले सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाको सेयरका लागि पनि आवेदन खुला गरेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित १४ दशमलव ८ मेघावाट क्षमताको सान्जेन माथिल्लो जलविद्युत आयोजना र ४२ दशमलव ५ मेघावाटको सान्जेन जलविद्युत आयोजनाको पनि सर्वसाधारणका लागि सेयर भर्न आदेवन खुला गरिएको जानकारी गराएको हो । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तरगत यी दुई वटा आयोजना थप गरी सर्वसाधारणका लागि सेयर भर्न आवेदन खुला गरिएको पनि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । उहाँले जनताले तत्काल प्रतिफल पाउने भएकाले आयोजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको पनि स्पष्ट पार्नुभयो ।

१५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्टयाइएको दुवै जलविद्युत आयोजनाको ४५ लाख ७५ हजार बराबरको सेयर प्रतिकित्ता सयका दरले भर्न पाउनेछन । सरकारले जनताको स–साना पूँजी संकलन गरेर जनताको जलविद्युत आयोजनाको कामलाई अघि बढाउन यस अघि त्रिशुली बी जलविद्युत आयोजनाको सेयर आह्वान गरेको थिए । मन्त्री पुनले जनताले तत्काल मुनाफा आर्जन गर्न सक्ने आयोजनालाई प्राथमिकतामा राखेर जनताको जलविद्युत आयोजना कार्यक्रमलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

सान्जेन माथिल्लो जलविद्युत आयोजनाको २ अरब २२ करोड र सान्जेन जल विद्युत आयोजनाको ५ अरब २ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस