आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भक्तपुरमा फेरि भेटियो बर्डफ्लु : २ हजार २ सय कुखुरा नष्ट

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) २८६ पाठक संख्या

चैत्र २७   सूर्यविनायक नगरपालिका– १ दधिकोटस्थित अनुस्कृत कुखुरा फर्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पुष्टी भएको छ ।

फर्ममा रहेका कुुखुरामा एच.वान.एन. वान बर्डफ्लुको भाइरस पुष्टी भएपछि पशु सेवा विभागका प्राविधिक टोलीले बुधबार २ हजार २ सय कुखुरा नष्ट गरेको हो ।

बर्डफ्लु संक्रमित क्षेत्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई संक्रमणमुक्त बनाएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ ।

यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फर्ममा पनि बर्डफ्लु भएको पुष्टी भएपछि २ हजार ९ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।

janta samachar

प्रतिक्रिया दिनुहोस