आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुराना वामपन्थी नेताको निधन, आज अन्त्येष्टि गरिँदै

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ५१३ पाठक संख्या

चैत्र २७   नेपाली कम्युनिष्ट आन्दोलनका त्यागी नेता हर्कबहादुर शाहीको निधन भएको छ । लामो समयदेखि उपचारार्थ उहाँको मंगलबार धापासीस्थित निवासमा निधन भएको हो ।

शाही विभिन्न शारीरिक समस्याले लामो समयदेखि ग्राण्डी अस्पतालमा उपचारार्थ रहनुभएको थियो । केही समयदेखि डक्टरको सल्लाह अनुसार उहाँ आराम गरिरहनुभएको थियो ।शाहीको जन्मथलो पश्चिम दैलेख हो । उहाँलेले आफ्नो जीवनकालभरी कम्युनिष्ट आन्दोलनलाई निश्वार्थ सहयोग गर्नुभयो ।

शाही दैलेखको कम्युनिष्ट पार्टीका संस्थापक नेताका रुपमा समेत चिनिनुहुन्छ । उहाँको ७३ वर्षको उमेरमा निधन भएको बताइएको छ । शाही पछिल्लो समय मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) पार्टीमा आवद्ध रहनुभएको थियो ।

क्रान्तिकारी माओवादीको पोलिटव्यूरो सदस्यका रुपमा सामाजिक व्यवस्था परिवर्तनको आन्दोलनमा शाहीले योगदान गर्दै आउनुभयो । नेता शाहीको मृत्युको खबर पाए लगत्तै क्रान्तिकारी माओवादीका महासचिव किरणलगायतका नेता, कार्यकर्ताहरुले शोकाकुल परिवारजनसँग भेटघाट गरेका थिए ।

नेता शाहीको निधनले क्रान्तिकारी आन्दोलनमा अपुरणिय क्षति पुगेको भन्दै महासचिव किरणले शोकाकुल परिवाजन र पार्टी पंक्तिमा परेको पीडालाई शक्तिमा बदल्दै मृतक शाहीले देखेको साम्यवादी लक्ष्यमा अविचलितभै अघि बढ्नुपर्ने बताउनुभयो । महासचिव किरणले निरन्तर क्रान्तिको बाटोबाट नेता शाहीले देखेको सपना पुरा गर्न सकिने भन्दै मृतक प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन तथा पार्टी पंक्तिमा समवेदना व्यक्त गर्नुभएको छ ।

बुधबार क्रान्तिकारी माओवादीको ललितपुरको कुपण्डोल स्थित प्रदेश नम्बर तीनको कार्यालयमा पार्टीले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, कम्युनिस्ट अन्दोलनका अग्रज व्यक्तत्व, सामाजिक अभियन्ता, पत्रकारहरुको उपस्थिति थियो । मृतक शाहीको पार्थिव शरिरमा महासचिव किरणले पार्टीको झण्डा ओढाएर बिदाई गर्नुभएको छ ।

शाहीको पार्थिव शरिरलाई आजै दिउँसो करिब तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ।

janta samachar

प्रतिक्रिया दिनुहोस