आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पहिरो कुर्दै नारायणगढ–मुग्लिन सडकखण्ड

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३८२ पाठक संख्या

गत बर्ष विस्तारको काम सकिएको नारायणगढ–मुग्लिन सडकखण्ड अझै पहिरोको जोखिममा छ । बर्खा लाग्न लाग्दा पहिरोको जोखिम रोक्ने काममा ढिलासुस्ती भइरहेको छ ।

चालु आर्थिक वर्षभित्रै पहिरो नियन्त्रणको काम थाल्नुपर्नेमा सडक विभागले टेण्डर प्रक्रिया थाल्न नै ढिलासुस्ती गरिरहेको छ । सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख इन्जिनियर रूपक राजभण्डारीले पहिरो नियन्त्रणका लागि वैशाख पहिलो सातामात्र टेण्डर आह्वान हुने बताए ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो नियन्त्रणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ ।

टेण्डरको म्याद ३० दिनको हुनेछ । टेण्डर मूल्याङ्कनमा १५–२० दिन लाग्ने छ । आशयपत्रको सूचना निकाल्न अर्को १५ दिन र सम्झौताका लागि आह्वान गर्दा थप १५ दिन बित्ने छ । यो प्रक्रियामा करिब तीनमहिना बिताएर बर्खा याम सकिन लाग्दा पहिरो नियन्त्रणको काम थालिने देखिन्छ ।

नारायणगढ–मुग्लिन सडकको जलविरे, गाईघाट, भालुढुंगा, घुमाउने, चार किलो, टोपेखोला, कालिखोला लगायत सात ठाउँमा पहिरोको उच्च जोखिम रहेको अध्ययनले देखाएको छ । सातमध्ये एक ठाउँमा बायो इन्जिनियरिङ र अरू ठाउँमा रक नेटिङ, रक बोल्टिङ लगायतका विधि अपनाउनुपर्ने अवस्था रहेको सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

अघिल्लो वर्ष बेलैमा १२ ठाउँमा बायो इन्जिनियरिङ र ११ ठाउँमा रक नेटिक र रक बोल्टिङ गरिएको खनालले बताए । उनका अनुसार, सडक विस्तार थालेयता सानाठूला गरी ४१४ वटा पहिरो गएको छ । सडक फराकिलो पार्न पहाड काटिएका ठाउँहरुमा पहिरोको जोखिम छ ।

onlinekhabar

प्रतिक्रिया दिनुहोस