आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हावाहुरीमा ज्यान गुमाएका परिवारकाे लागि साउदीबाट अढाइ करोड परराष्ट्र मन्त्रालयको खातामा

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३०५ पाठक संख्या

रोजगारको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब दुई करोड ३५ लाख रुपैयाँ ९सात लाख ९८ हजार पाँच सय ७६ रियाल० आएको छ ।

लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनी लगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए । साउदीस्थित नेपाली दुतावासले जनाएअनुुसार विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिका हकदारले पाउने गरी उक्त रकम (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) परराष्ट्र मन्त्रालयको खातामा जम्मा भइसकेको छ ।

श्रम स्वीकृति निकालेको संख्याको आधारमा साउदी अरेबिया यतिखेर दोस्रो गन्तव्यमा छ । साढे १० महिनादेखि सरकारले मलेसिया रोजगार बन्द गरेपछि साउदी दोस्रो नम्बरमा उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस