आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘विद्युतीय गाडीको कारखाना स्थापनार्थ सहयोग गर्नुहोस्’

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) ३२३ पाठक संख्या

चैत्र २८  प्रधानमन्त्री केपी ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गर्नु भएको छ । विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई पनि उहाँले आग्रह गर्नुभयो । बिहीबारबाट काठमाडाैंमा शुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उहाँले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको उद्योग र आर्थिक क्षेत्रको उन्नतिमा कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न पनि उद्योगीहरुलाई आग्रह गर्नुभयो । उहाँले उद्योगीहरुलाई अवसर, अधिकार, सहुलियत दिन सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानुनी व्यवस्था गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरुको सुझाव अनुसार आवश्यक ऐन, कानुनको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न निजी क्षेत्र प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

अध्यक्ष राणाले उद्योगहरुले आफ्नो गाँस काटेर राज्यलाई कर तिर्दा पनि सम्मान हुन नसकेको पनि गुनासो गर्नुभयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस