आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पीडित परिवारको माग : गाडी पूर्वराजाकै भएपनि कारबाही होस्

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) ४६३ पाठक संख्या

२८ चैत  अल्मुनियमको काम गर्दै आएका २२ वर्षीय प्रकाश र हेम चौधरी कामका सिलसिलमा जहाँ पुगेपनि साँझ बास बस्न घर आइपुग्थे । छिमेकी रहेका उनीहरु बुधबार सुन्दरहरैचामा दिनभरी काम गरेर मोरटरसाइकलमा घर फर्कदै थिए ।

चाकल थिए प्रकाश । साँझ करिब साढे ७ बजेको समयमा सुन्दरहरैचा नगरपालिका-४ बुधवारे चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दियो । गम्भीर घाइते बनेका प्रकाश र हेमलाई विराटनगरको नोबेल मेडिकल कलेज ल्याइयो । अस्पतालले हेमलाई मृत घोषणा गर्‍यो ।

प्रकाशको टाउकोमा रगत जमेकाले तत्काल अप्रेशन गर्न डेढ लाख रुपैयाँ जम्मा गर्न भनियो । अस्पतालले शल्यक्रिया गर्न १ लाख ३० हजार र औषधिका लागि ५० हजार अग्रिम जम्मा गर्न भनेको प्रकाशकी बहिनी पबित्राले जानकारी दिइन् ।

राति साढे ८ बजे दुर्घटना भएको जानकारी पाएर अस्पताल आएका आफन्तले तत्काल पैसा निकाल्न नसक्दा अस्पताल प्रशासनले ‘बाँच्ने सम्भावना कम भएको’ भन्दै शल्यक्रिया गरेन । नोबेलले उपचार नगरेपछि राति करिब ११ बजेतिर आफन्तले विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा भर्ना गरे ।

अस्पतालले शल्यक्रिया गरेर टाउकोमा जमेको रगत निकालेको छ । तर, अझै प्रकाश खतरा मुक्त छैनन् ।

आफन्तले बिहीबार मात्र थाहा पाए ‘प्रकाशलाई ठक्कर दिने गाडी पूर्वराजा ज्ञानेन्द्र शाहको रहेछ ।’

प्रतिक्रिया दिनुहोस