आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामै पहिलोपटक जीतपुरमा ब्याच र खादा सिलाउने

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) ४३८ पाठक संख्या

एपी खबर
जीतपुर, चैत्र २८ : नेपाली कांग्रेसका नेता एवम पुर्व सभासद फर्मुला मंसुरले महिला र पुरुषको समान सहभागीता नभएसम्म राज्यको विकास सम्भव नभएको बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर स्थित नारी शक्ति विकास मञ्जद्धारा आयोजीत दलित, गरिब एवम एकल महिलाका लागि स्वरोजगार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै नेता मंसुरले सबै क्षेत्रमा महिलालाई अनिवार्य गर्न राज्यपनि प्रतिबद्ध रहेको बताउदै महिलाको समान सहभागीता नभएसम्म विकासको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

उहाँले महिलामापनि दलित, गरिब एवम एकल महिलालाई स्वरोजगार बनाउन सके मा ती वर्ग समाजका उत्पीडनबाट मुक्ती पाउने कुरामा जोडदिनुभएको थियो ।

कार्यक्रममा नेता मंसुरले रिबन काटेर नारी शक्ति विकास मञ्जद्धारा आयोजीत दलित, गरिब एवम एकल महिलाका लागि स्वरोजगार कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष आशा दहालको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णब्रत सिहं, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, गढिमाई साझेदारीका अध्यक्ष गणेश साह, स्थानिय समाज सेवि राजुराज गिरी, अफताब आलम, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जीतपुरकी संचालिका रेनु बहन जी लगाएतको उपस्थिती रहेको थियो ।

दुर्गा रिजालको सहजीकरणमा सम्पन्न कार्यक्रममा सस्थाका अध्यक्ष दहाल लगाएत अतिथीहरुले सहयोगी दाताहरुलाई गम्छा र मायाको चिनोले सम्मानीत गरेको थियो । हाल यस संस्थाले १० ओटा सिलाई मेसिनबाट खादा, ब्याच जस्ता समाग्री सिलाई गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस