आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मलद्वारमा लुकाएर साढे तीन किलो सुन तस्करी

AuthorAP Khabar२०७५ चैत्र २९, शुक्रबार (५ साल अघि) ४०९ पाठक संख्या

चैत्र २९  त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले बिहीबार राति मलद्वारमा लुकाएर ल्याउँदै गरेको करिब साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।

चीनको कुनिमङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह साढे ३ बजे काठमाडौं उत्रेका उनीहरुलाई त्रिभुवन विमानस्थलमा भन्सार र प्रहरीलेचेकजाँच गर्दा उक्त परिमाणको सुन सहित पक्राउ गरेको हो ।

सुरक्षा गेटबाट बाहिरिँदा शरीरमा धातु भएको संकेत देखिएपछि केएमसी अस्पतालमा अस्पतालको लगेर एक्सरेमा गर्दा पेट मुनि मलद्वारमा सुन रहेको पत्ता लागेको थियो ।

उनीहरुको राहदानीमा उल्लेखित विवरण अनुसार पक्राउ पर्नेहरुमा फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंग रहेका छन् । उनीहरु किन नेपाल आए भन्ने खुलेको छैन । यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस