आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संसद भवन बन्न अरु पाँच वर्ष लाग्ने ?

AuthorAP Khabar२०७५ चैत्र २९, शुक्रबार (५ साल अघि) ६९० पाठक संख्या

चैत्र २९   २०६४ मा भएको संविधान सभा निर्वाचनपछि निर्वाचित सभासद्हरुलाई बस्न पुग्ने संसद भएन थिएन मुलुकमा । दुईपटक संविधान सभा निर्वाचन भयो । यो ११ वर्षमा मुलुक संघीयताको अभ्यासमा छ । तर अहिले पनि संघीय संसद भवन निर्माण सरकारको प्राथमिकतामा नपरेको देखिन्छ ।

यसको सिधा असर परेको छ भवन भाडामा । बानेश्वरस्थित संसद भवनको भाडा कति होला ? अनुमान गर्नुहुन्छ ? हो, सरकारले संसद भवन प्रयोग वापत वार्षिक १५ करोड रुपैयाँ भाडा तिरिरहेको छ । सरकारले संसद भवनका लागि गरेको प्रतिवद्धता पनि खोक्रो देखिएको छ । आर्थिक वर्ष २०७५–७६ को बजेटमा भवन निर्माणलाई प्राथमिकताका साथ राखिए पनि नक्सा र डिजाइनिङसमेत सकिएको छैन ।

संघीय संसदले भाडामा भवन प्रयोग गर्दै संसदीय गतिविधि सञ्चालन गरेको एक दशक नाघेको छ । यस अवधिमा संसदले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई १ अर्ब रुपैयाँ भन्दा बढी रकम तिरिसकेको छ । संसद सचिवालयले वर्षेनी १५ करोड रुपैयाँ सम्मेलन केन्द्र व्यवस्थापन समितिलाई बुझाइरहेको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनु भयो ।

सिंहदरबारस्थित संसद्को ग्यालरी हल सानो भएपछि पहिलो संविधानसभामा सम्मेलन केन्द्र भाडामा लिई बैठक सञ्चालन गरिएको हो । २०७२ को विनाशकारी भूकम्पपछि यो भवन पनि प्रयोग गर्न नमिल्ने अवस्थाा त छदैँछ । भवन जीर्ण भएपछि सिंहदरबारस्थित पुतली बगैँचामै भवन बनाउने तयारी थियो । ‘‘भवन निर्माणको तयारी भए पनि हालसम्म नक्सा, डिजाइनिङ र टेन्डरको काम अघि बढेको छैन,’ प्रवक्ता पाण्डेले भन्नुभयो, डिजाइनिङकै काम सकिएको छैन ।’

अरु पाँचवर्ष भाडामै :
भवनको डिजाइनिङ नसकिएकाले निर्माण परको विषय भयो । ‘भवन निर्माण पूरा हुन अझै ४–५ वर्ष लाग्ने अनुमान छ,’ प्रवक्ता पाण्डेले भन्नुभयो, ‘भाडामै भवन प्रयोग हुँदा अरु कयौँ वर्ष ठूलो रकम संसद भवन भाडावापत नै खर्च हुनेछ ।’ अहिलेको हिसाबमा संसद भवन बन्न ५ वर्ष लागे सरकारले सम्मेलन केन्द्रलाई ७५ करोड रुपैयाँ तिर्नु पर्नेछ । भाडा वृद्धि भए अरु भार बहन गर्नु पर्ने छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस