आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपयुक्त साकोष अब नयाँ भवनबाट संचालन

AuthorAP Khabar२०७५ चैत्र २९, शुक्रबार (५ साल अघि) ५४४ पाठक संख्या

एपी खबर
जीतपुर, चैत्र २९ : उपयुक्त बचत तथा ऋण सहकारी संस्था ली. जीतपुरले नयाँ भवनबाट आफ्नो कार्य संचालनमा ल्याएको छ । शुक्रवार यस सहकारीका अध्यक्ष मनोज साह कल्वारले आफ्नै भवनबाट कामकाज संचालनमा आउने गरी यस सहकारीको उद्घाटन गर्नुभएको हो ।

संस्थाका अध्यक्ष गुप्ताको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उहाँका पिता चन्द्रिका साह कल्वारले रिबिन काटेर नयाँ कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, स्थानिय समाजसेवि राजुराज गिरी, शिवजी साह, संतोष गुप्ता लगाएत स्थानिय ब्यापारीहरुको उपस्थिती रहेको थियो ।

यस अघि जीतपुरको सुपरमार्केटमा रहेको यस सहकारीको कार्यालय अब जीतपुरको मुख्य सडक मस्जिदको छेउमा रहेको अध्यक्ष गुप्ताको आफ्नै भवनबाट संचालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस