आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टेलिकमले ल्यायाे नयाँ वर्ष अफर : २०० रुपैयाँमा ३ जिबी डाटा, २ सय एसएमएस, २ सय मिनेट कल

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ४७२ पाठक संख्या

नेपाल टेलिकमले नयाँ वर्ष २०७६ लाइ लक्षित गरी नयाँ अफर ल्याएकाे छ । साे नयाँ स्किमअन्तरगत टेलिकमका ग्राहकले २ सय रुपैयाँकाे एउटा प्याक किन्दा ३ जिबी डाटा चलाउन मिल्ने सुविधा छ ।

यसैगरी साे प्याकमा टेलिकमकै नेटवर्कभित्र २ सय मिनेटसम्मकाे भ्वाइस कल तथा २ सय वटा एसएमएस पठाउन सकिने सुविधा प्रदान गरेकाे छ ।

प्याक ०७५ चैत ३० गते शनिबारदेखि एक्टिभ भएर ०७६ बैशाख २ गते सम्म खरिद गर्न मिल्नेछ । यसरी खरिद गरिएकाे प्याक ५ दिनभित्रमा प्रयाेग गरिसक्नुपर्ने टेलिकमले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस