आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली सेनाको नयाँ प्रवक्तामा सहायक रथी विज्ञानदेव पाण्डे

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ३०३ पाठक संख्या

नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी विज्ञानदेव पाण्डेलाई दिएको छ । सहायक रथी पाण्डेले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको छ । सहायक रथी यामप्रसाद ढकालले हिजो नै जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रममा सहायक रथी पाण्डेलाई कार्यभार हस्तान्तरण गर्नु भएको थियो ।

ढकालले जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा आमसञ्चार जगतका सबै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा विशेषगरी रक्षासँग सम्बद्ध पत्रकारबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस