आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

६ खर्ब ८३ अर्बको बेरुजु, सबैभन्दा बढी अर्थ मन्त्रालयमा

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ३११ पाठक संख्या

चैत्र ३०   राजधानीबाट प्रकाशित राष्ट्रिय दैकिहरुले फरक फरक विषयलाई प्राथमिकता दिएर समाचारहरु प्रकाशित गरेका छन् ।

शुक्रबार जनतासमाचार डटकममा महालेखापरीक्षकले राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन बुझाएको, चन्द्रागिरीमा नेकपाको बैठक, नयाँ वर्षमा प्रदेश १ को नामाकरण हुने लगायत अन्तर्राष्ट्रिय, खेलकुद, राजनीति, समाज र मनोरञ्नका समाचारहरु प्रकाशित भए ।

कान्तिपुर दैनिकले ‘बेपर्बाह खर्च’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । समाचारमा बजेटको आधा हिस्सा बेरुजु रहेको र ३५ अर्ब गम्भीर प्रकृतिको अनियमितता भएको प्रसङ्गलाई समेटिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनमा यी प्रसङ्गहरु समावेश छन् । यस्तै भारतीय लेखक अरुन्धती रोय काठमाडौं आएको र उनको चर्चित उपन्यास ‘द मिनिस्ट्रि अफ अटमोस्ट ह्यापिनेस’लाई नेपाली भाषामा अनूदित हुने प्रसङ्गलाई पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

नागरिक दैनिकले ‘आँकडा ६ खर्ब ८३ अर्ब’ शीर्षक दिएर महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले सार्वजनिक गरेको बेरुजुको समाचार प्रकाशित गरेको छ । समाचारमा सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालय र त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयमा देखिएको उल्लेख छ । यस्तै नेकपाका चार नेता चन्द्रागिरी रिर्सोटमा गएको समाचारलाई पनि नागरिकले पहिलो पृष्ठमा छापेको छ । समाचारमा माधव कुमार नेपाल पक्षलाई खबर नै नगरिएको विषय पनि समेटिएको छ । यस्तै ललितानिवास प्रकरणमा छानबिनको दायरामा रहेको मीनबहादुर गुरुङलाई पनि ‘सुप्रबल जनसेवाश्री तृतीय’ बाट शुशोभित गरिँदै गरेको सुमाचार पनि नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

गोरखापत्र दैनिकले ८० न्यायाधीसको नियुक्ति सदर भएको समाचार प्रकाशित गरेको छ । समाचारमा नियुक्त भएको २७ महिनापछि उच्च अदालतका ८० न्यायाधीस नियुक्तविरुद्ध दायर रिट खारेज भएको उल्लेख छ । महालेखाले राष्ट्रपतिलाई आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको समाचार छापेको गोरखापत्रले बारा र पर्सामा चैत १७ गते आएको हावाहुरीमा आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि भएको समाचार पनि प्रकाशित गरेको छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा चित्त नबुझे जागिर छाडेर घर फर्कन कर्मचारीलाई निर्देशन दिनुभएको छ । सबै कर्मचारीलाई भनेको कार्यालयमा राख्न नसकिने भन्दै मन्त्री पण्डितले खटाएको ठाउँमा नगए घर फर्कन कर्मचारीलाई आग्रह गर्नुभएको हो ।

सबैभन्दा बढी बेरुजु संघीय कार्यालयहरुमा रहेको समाचार प्रकाशित गरेको राजधानी दैनिकले अर्थिक मितव्ययिता र सुशासन कमजोर भएकै हो त भन्ने विषयलाई समेटेर समाचार विश्लेषण छापेको छ । यस्तै स्वास्थ्यका कर्मचारीको गैरजिम्मेवारपनले ६६ करोडका रोगसम्बन्धी कार्यक्रम नै सञ्चालन नभएको समाचार पनि राजधानीले छापेको छ । हुरीपीडितको १२ दिन भनी लेखेको समाचारमा पूर्ण क्षतिलाई १० हजार र आंशिक क्षतिलाई ५ हजार रुपैयाँ मात्र दिएको उल्लेख छ । त्यसैगरी एक दशकदेखि ३० भवनको निर्माण अलपत्र भएको र त्यस्ता भवनको ठेक्का लिने ठेकेदारहरु सम्पर्कविहीन भएता पनि सरकार मौन रहेको समाचार पनि राजधानी दैनिकले पहिलो पृष्ठको पुच्छारमा छापेको छ ।

‘नसुल्झिएका अपराध कथा’ शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । समाचारमा नमिता–सुनिता हत्याकाण्ड ३७ वर्षदेखि रहस्यमा, अमर लामााको हत्या भएको १५ वर्ष वितेको, पूर्वगृहमन्त्रीका पिएसओका हत्या भएको १२ वर्षमा पनि रहस्य नसुल्झेको, काठमाडौंकी छोरीमाया महर्जनको रहस्य १० वर्ष भइसक्दा पनि अनुसन्धान शुन्यमै रहेको र नौ वर्षदेखि रहस्यमै रहेको दाङका हेमराज धितालको हत्या प्रकरण भनि फरक–फरक हत्यकाण्डका समाचार प्रकाशित गरेको छ । देशको बेरुजु सात खर्ब भएको र एकवर्षमा मात्रै दुई खर्ब बेरुजु थपिएको समाचार पनि पत्रिकमा छापिएको छ । पत्रिकामा चन्द्रागिरीमा ओली र प्रचण्डको २३ घण्टे आवासीय गृहकार्यसम्बन्धी समाचार पनि प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस