आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निशुल्क शिक्षा कार्यान्वयन गर्न अखिलको ध्यानाकर्षण

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ५४७ पाठक संख्या

चैत्र ३० अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का नेताले निशुल्क शिक्षा कार्यान्वयनका लागि शिक्षामन्त्री गिरिराजमणी पोखरेलको ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले शुक्रबार शिक्षामन्त्रीलाई भेटी लिखित ध्यानाकर्षण गराउनुभएको हो ।

भेटमा संलग्न अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यका अनुसार दुबै विधार्थी संगठनले मावि तहको शिक्षा पूर्ण निशुल्क गर्नुपर्ने सरकारी नीति कार्यान्वयन गर्नुपर्ने, निजी विद्यालयको शुल्क आतंक नियन्त्रण गर्न र सार्वजनिक विद्यालयहरुको गुणस्तर वृद्धिमा गम्भिर बन्न मन्त्री पोखरेलको ध्यान आकर्षण गराइएको छ ।

ध्यानाकर्षणका क्रममा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला , क्रान्तिकारीका महासचिव उत्तम अधिकारी र अनेरास्ववियुका सचिव आर.सि लामिछानेलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थी संगठनका मागहरू

१) मावि तहसम्मकाे शिक्षा पूर्ण निशुल्क गर्ने नीति कार्यान्वयन गर।

२) निजी विद्यालयको ‘शुल्क आतंक’ नियन्त्रण गर ।

३) सार्वजनिक विद्यालयको गुणस्तर वृद्धि गर ।

प्रतिक्रिया दिनुहोस