आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सोमबार सार्वजनिक बिदा (सूचनासहित)

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ८६७ पाठक संख्या

चैत्र ३०  सरकारले सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा वैशाख २ गते सोमबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रवार सूचना प्रकाशन गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले उक्त सूचना पाँचवटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ ।

सरकारले अघिल्लो वर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले बिदाको माग राखेका थिए। तराइमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी ) समुदायले सिरुवा मनाउने चलन रहेको छ।

२०७६ साल नयाँ वर्ष शुरु भएकै दिनदेखि तीन दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ।पहिलो दिन पानी, दोस्रो दिन हिलो र अन्तिम दिन रंग सिरुवा पर्व धुमधामका साथ मनाउने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस